सातौँ अर्किड कप जुनियर व्याइज फुटवल प्रतियोगिताको उपाधि सांग्रीला स्कुललाई

काठमाडौं – सातौँ अर्किड कप फुटवलको उपाधि सांग्रीला स्कुलले जितको छ । काँडाघारीमा अवस्थित अर्किड प्युपल सेडेण्डरी स्कुलको आयोजना जारी सातौँ अर्किड कप जुनियर व्याइज फुटवल प्रतियोगिता २०७९ अन्तर्गत सोमबार भएको फाइन खेलमा कौटिल्य स्कुललाई १–० गोल अन्तरले पराजित सांग्रीला स्कुलले उपाधि जितेको हो ।

यसैगरी कौटिल्य स्कुल द्धितीय, मनकामना स्कुल तृतीय तथा माउण्ट सेव स्कुल चौथो भएको छ । विजेता स्कुल सांग्रीलाले नगद तीस हजार सहित ट्रफी, मेडल प्राप्त गरे भने द्धितीय हुने कौटिल्य स्कुलले नगद २० हजार, ट्रफी तथा मेडल प्राप्त गरेका छन् । यस्तै तृतीय हुने मनकामना स्कुलले नगद १० हजार, ट्रफि तथा मेडल प्राप्त गरे भने चौथो हुने माउण्ट सेव स्कुलले नगद ५ हजार, ट्रफी तथा मेडल प्राप्त गरेको आयोजक स्कुल अर्किडका प्रिन्सिपल चोलेन्द्र बहादुर (सिबी) कार्कीले जानकारी दिनुभयो ।

Dengue

यसैगरी विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको छ । हाइ स्कोर अवार्ड सांग्रीला स्कुलका गम्भीर तामाङले प्राप्त गरे भने बेष्ट गोल किपर भिमेश्वर एकेडेमीका कस्बीन दंगालले प्राप्त गरे । यसैगरीबेष्ट डिफेन्डर अवार्ड मनकामनाका अशोक तामाङले प्राप्त गरे भने इनर्जिङ प्लेयर अर्वाड कौटिल्यका पदम राज खड्काले प्राप्त गरे । यसैगरी बेष्ट प्लेयर अवार्ड सांग्रीला स्कुलका चुडामणी राईले पाप्त गरे भने फेयर प्लेयर अवार्ड विद्यावाणी स्कुलले प्राप्त गरेको आयोजक स्कुल अर्किडका संयोजक नरेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।

फाइनल खेल सम्पन्न पश्चात समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की रहनुभएको थियो । उहाँले अर्किड स्कुलले आयोजना गरेको अर्किड कपमा ३८ विद्यालय सहभागी हुनु गौरबको कुरा भएकोले आगामी दिनमा पनि अर्किड कपलाई निरन्तरता दिन शुभकामना दिनुभएको थियो ।

प्रतियोगितामा युनिक पब्लिकेशन सिफल काठमाडौं, फोटो संसार लोकन्थली भक्तपुर, ग्रामर कलेज कोटेश्वर, मनास्लु वल्ड कलेज चावहिलले मुख्य सहयोग गरेकोमा अर्किड स्कुलका निर्देशक तथा संस्थापक प्रेमकुमार भुजेलले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । साथै सहभागी विद्यालयका संस्थापक/प्रिन्सिपल तथा निर्देशकहरुलाई सहभागी भएर खेल सम्पन्न गर्न सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

 

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार