साताैँ अर्किड कप : कौटिल्य स्कुल र सांग्रीला स्कुल फाइनलमा प्रवेश, भोलि फाइनल खेल हुने

काठमाडाैं – काँडाघारीमा अवस्थित अर्किड प्युपल सेडेण्डरी स्कुलको आयोजना जारी सातौँ अर्किड कप अन्तर्गत कौटिल्य स्कुल र सांग्रीला स्कुल फाइनलमा प्रवेश गरेका छन् । आज भएको सेमिफाइन खेलबाट कौटिल्य र सांग्रीला स्कुल फाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनल अन्तर्गत आज भएको पहिलो खेल मनकामना स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै सांग्रीला स्कुल फाइनलमा प्रवेश गरेको हो । मनकामनाको आत्मघाती गोल र सांग्रीलाको चुडामणी राई र निमेश महतको एक/एक गोलले सांग्रीला स्कुल फाइनलमा प्रवेश गरेको हो । म्यान अफ द म्याच भने मनकामनाका अशोक तमाङ भएका छन् ।

यसैगरी आजै भएको सेमिफाइनल अन्तर्गतको दोस्रो खेलमा माउण्ट सेब स्कुललाई पराजित गर्दै कौटिल्य स्कुल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै स्कुलले एक/एक गोल गरेपछि खेल बराबरीमा गएको थियो । माउण्ट सेबका सन्तोष ढुंगानाले एक गोल गरेका थिए भने कौटिल्यका पदमराज खड्का एक गोल गरेका थिए । त्यसपछि ट्राइब्रेकरमा कौटिल्य ५–३ गोल अन्तरले विजयी भएको छ । म्यान अफ द म्याच भने माउण्टका सन्तोष ढुंगाना चुनिएका छन् ।

Dengue

भोली १० बजे तेस्रो स्थानको लागि माउण्ट सेब र मनकामना स्कुल भिड्ने छन् । यसैगरी फाइनल खेल साढे ११ बजे कौटिल्य स्कुल र सांगीला स्कुलबीच हुनेछ । भोली भव्य समारोहका बीच खेल समापन गरिने अर्किड स्कुलका संयोजक नरेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।

अर्किड कप अन्तर्गत प्रथम हुनेले तीस हजार, द्धितीय हुनेले बीस हजार, तृतीय हुनेले दश हजार र चौथो हुनेले नगद पाँच हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी फेयर प्लेयर अवार्ड, बेष्ट प्लेयर अवार्ड, बेष्ट डिफेन्स अवार्ड, बेष्ट किपर अवार्ड, हाइष्ट स्कोरर अवार्ड समेत प्रदान गरिने आयोजक स्कुल अर्किडका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा युनिक पब्लिकेशन सिफल काठमाडौं, फोटो संसार लोकन्थली भक्तपुर, ग्रामर कलेज कोटेश्वर, मनास्लु वल्ड कलेज चावहिलले मुख्य सहयोग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार