भानुभक्त जोशीको डेउडा गीत सैया सैयालुलाई देशभरीका दर्शक श्रोताले रुचाए, सात लाख बढी भ्यूज

काठमाडाैं – चर्चित डेउडा गायक तथा कलाकार भानुभक्त जोशीको सैया सैयालु गीतलाई ७ लाख बढी भ्यूज पाएको छ । यस गीतको भिडियो तयार नभएपनि युट्युबमा अत्यधिक रुचाएको छ । डेउडा गीत भएपनि यो गीतलाई पूर्वदेखि पश्चिमसम्मका दर्शक श्रोताहरुले गीतलाई अत्यधिक मन पराएका छन् । ७ लाख भन्दा बढी टिकटक प्रयोगकर्ताले उक्त गीतमा टिकटक समेत बनाएको गायक भानुभक्त जोशीले दाबी गरेका छन् ।

जोमसोमको ठण्डो हावा, फेवातालको पानी, कसैको धडकन्या मुटु, मेरी जिन्दगानी बोलको भाकामा अत्यधिक टिकटक बनाइएका छन् । यसैगरी गीतमा उल्लेख गरिएका अन्य शब्दहरु समेत टिकटक प्रयोगकर्ताहरुले रुचाएका छन् । डेउडा भाकामा रेकर्ड गरिएपनि देशभरीका दर्शक श्रोताहरुको माया र साथ पाउनु खुसीको कुरा भएको गायक जोशीको भनाइ छ ।

Dengue

उक्त गीतमा भानुभक्त जोशीलाई दुर्गा बिष्टले स्वरमा साथ दिएको छ । विश्वास बडू र भानुभक्त जोशीको लयमा रहेको उक्त गीतमा संगीत भने विश्वास बडूको रहेको छ । भानुभक्त जोशी अफिसियल युट्युब च्यानलबाट उक्त गीत अपलोड गरिएको छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार