दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला – दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दार्चुलाको मार्मा गाउँपालिकामा पर्ने नलबगड भन्ने ठाउँमा सडकमा काम गरिरहेको टिप्परले नांगो बिजुलीको तारमा छुदाँ टिप्पर चालकको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको हो । यसैगरी सहचालक मार्मा कै स्थानीय १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार