नेपाल व्यापार संघका सह सचिव शिव केसी सम्मानित

काठमाडौँ –  नेपाल व्यापार संघका सह सचिव शिव केसी सम्मानित भएका छन् । शनिवार काठमाडौंमा आयोजित भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघको सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनमा उहाँलाई सम्मान गरेको हो । सफल व्यवसायी केसी भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघका नवनिर्वाचित उपाध्यक्ष समेत हुनुहुन्छ ।

भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघमा पुर्याएको योगदान कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको हो । यसैगरी संघका निवर्तमान अध्यक्ष चन्द्रबहादुर लामिछानेले खादाले सम्मान गर्नुभएको थियो ।
नेपाल व्यापार संघका अध्यक्ष तथा भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघ नयाँ पदाधिकारी चयनका निर्वाचन संयोजक हरि गौतमले समेत उहाँलाई बधाई दिनुभएको थियोे । यसैगरि कार्यक्रममा अन्य व्यवसायी पनि सम्मानित भएका थिए ।

Dengue

शनिवार काठमाडौँमा आयोजित उक्त औपचारिक कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ रहनुभएको थियो । यसैगरी विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, नेपाल राष्टिय व्यववसायी महासंघका अध्यक्ष कुमार कार्की रहनुभएको थियो । यसैगरी अतिथिमा काठमाडौँ महानगरपालिकाका वडा अध्यक्ष चुडामणी बर्जाचार्य, २२ नम्बरका अध्यक्ष चिनिकाजी महर्जन रहनुभएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत बजार तथा निकासी प्रबद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्रमान श्रेष्ठ लगायत संघमा आवद्ध व्यवसायी कार्यक्रममा सहभागी भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार