शंकराचार्य आज नेपाल आउँदै

काठमाडौं – भारतको उडिसा जगन्नाथपुरीस्थित गाेवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती बिहीबार काठमाडौं आउदै छन् । उनी शिवरात्री पर्वको मूख्य अतिथिको रुपमा नेपाल आउन लागेका हुन् । दश सदस्यीय टोलीसहित आउने शंकराचार्यले तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले महाशिवरात्रिको अघिल्लो दिन अर्थात भोलि शुक्रबारदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शंकराचार्य पूजन महोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्य मध्ये गाेवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती सबैभन्दा वरिष्ठ हुन् । उनी जगतगुरू शंकराचार्यका १४५ औं उत्तराधिकारी हुन् । यसैबीच, पशुपति क्षेत्र विकास कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

Dengue

सोही अनुसार महाशिवरात्रीको व्यवस्थापन गरिएको कोषले जनाएको छ । यस पटक महाशिवरात्रिका दिन ५० जना भक्तजनलाई मात्रै विशेष पूजाको अनुमति दिइने भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार