जोमसोमबाट पोखरातर्फ आउँदै गरेको बस कालिगण्डकीमा खस्यो

काठमाडौँ – मुस्ताङको जोमसोमबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। म्याग्दी कोरला यातायात प्रा.लि.को ना ७ ख ७४४० नम्बरको यात्रुवाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेको धम्पुमा दुर्घटना भएको हो। जोमसोमबाट १७ जना यात्रु लिएर पोखरा छुटेको उक्त बस बुधबार बिहान साढे ८ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए।

डिएसपी पौडेलका अनुसार बस सडकबाट करिब ५५ मिटर तल कालिगण्डकी नदीमा खसेको छ। ‍दुर्घटनामा परेका मध्ये २ जना गम्भीर ११ जना मध्यम र ४ जना सामान्य रहेको उनले जानकारी दिए। बसमा सवार सबैको उद्धार गरी १३ जनालाई उपचारका लागि पोखरा पठाइएको र ४ जना सामान्य रहेकाले उनीहरूको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको उनले बताए। बसमा २ जना भारतीय पर्यटकसहित १२ पुरुष, ४ जना महिला र १ नाबालक सवार थिए।

dashain shuvakamana
Discovery School

दुर्घटनाको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तत्कालै उद्धार गरेकाले मानवीय क्षति हुन नपाएको उनले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार