१५ बुदे मागसहित नेपाल व्यापार संघले बुझायो अर्थमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं – नेपाल व्यापार सघंले अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुुझाएको छ । मंगलबार मन्त्रालयमा सघका अध्यक्ष हरी गौतम, उपाध्यक्ष पार्वती भट्ट, प्रदेश उपाध्यक्ष तेज आचार्य सहित अन्य पदाधीकारीको टोलिले ज्ञापन पत्र बुुझाएको हो । दक्ष जनशक्ति उत्पादन गर्ने प्रत्येक स्थानीय तहमा तालिम केन्द्रको स्थापना गर्नुपर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने, बै्रक तथा वित्तीय स्रस्थाको उच्च व्याजदरका कारण व्यवसायीहरु नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा व्याजदर एकल अंकमा कायम गर्नुपर्ने, भन्सार दरबन्दीको बृतिका कारण बजार मूल्य बढ्न गएकाले भन्सार हालको दरबन्दी घटाउनुपर्ने लगायतका माग सहित ज्ञापन पत्र बुझाएका हुन ।

Dengue

यस्तै बैंकले प्रदान गर्दै आएको सहुलियत बिनाधितो कर्जालाई रु १५ लाखबाट कम्तीमा रु २५ लाख बनाउनपर्ने, हाल कम्पनी प्रा.लि.लाई अयाकर दर २५ प्रतिशत र प्रोपाइटरसिप फर्मका लािग ३६ प्रतिशत दर रहेकोमा दुबैका लागि समान २५ प्रतिशत करको दर कायम गर्नुपर्ने, उद्योग तथा व्यवसायमा हुने समस्याको सहजीकरणका लागि नेपाल सरकार र व्यवसायिक संगठनहरुबीचको एक उच्च स्तरीय समन्वय समिति गठन गरिनुपर्ने, केरुङ, खासा लगायत चिनिया नाकामा नेपाली व्यवसायीहरु सहज रुपमा आवतजावत गर्न पाउनुपर्ने, कच्चा उन आयातमा भइरहेको कद्वार प्रणाली खारेज गर्नुपर्ने, व्यवसायीहरुलाई संरक्षण गर्न आफु खुसी भाडा लिने गर्ने गरेकोमा बैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायतका माग राखि ज्ञापन पत्र बुझाएका हुन् ।

यसैगरी कर्जा ओभर ड्राफ्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने, उद्योगी व्यवसायीहरुलाई आत्महत्या गर्नबाट रोक्नुपर्ने, संविधानमा लेखिएको अर्थनीति लागु गर्नुपर्र्ने, औद्योगिक कच्चा पदार्थ आयातलाई सहजीकरण गर्नुपर्ने र प्रा.लि. प्रोपाइटरसिप फर्मको बर्षैपिच्छे कर चुक्ता प्रमाणपत्र लिइ नै रहेकोले कर चुक्ता लिइसकेपछि फूल अडिट गर्दा ४ बर्ष अघि देखिको फाइल राख्नुपर्ने झन्झट हटाई एक बर्षको मात्र फूल अडिट गरिनुपर्ने लगायतका माग राखि मन्त्रालयमा मन्त्रीलाई ज्ञापनपत्र बुझाएको नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार