श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सुर्खेत – दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।

श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए । स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए ।

Dengue

गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए । प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए । `श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भै रहेको छ ।

कृष्णबहादुर सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र केटीको परिवारले जाहेरी दिने तयारी गरेको डीएसपी लम्सालले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार