सातौँ अर्किड कप फुटबल : साम्तेन, बिद्या विकास, माउण्ट सेफ र भिमेश्वर स्कुल विजयी

काठमाडाैं – सातौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज ४ वटा खेलहरु भएका छन् । अर्किड स्कुलकाे खेल मैदानमा भएकाे पहिलो खेल साम्तेन स्कुल र गणेश हिमाल स्कुलबीच भएको हो । जसमा साम्तेन स्कुल ३–२ गोलअन्तरले विजयी भएको छ । अनुराग राइको दुई गोल र कञ्जन शेर्पाको १ गोलले खेललाई जिताउन सफल भए । यसैगरी गणेश हिमालका फिरोज पौडेल र पेम्बीना शेर्पाले एक/एक गोल गरेका थिए ।

यस्तै आजै भएको दास्रो खेलमा न्यू स्टर पोल विरुद्धको खेलमा बिद्या विकास स्कुलले विजयी हासिल गरेकाे छ । १–० गोलअन्तरले विद्याविकास विजयी भएको हो । न्यू स्टर पोलका विशाल रोका म्यान अफ द म्याच समेत भएका छन् । अर्किड बी समुह र माउण्ट सेफ बीचको खेलमा भने माउण्ट सेफ स्कुल विजयी भएको छ । जेम्स खड्काको दुई गोल र आरोहण श्रेष्ठको एक गोलले खेललाइ जिताउन सफल भए । अर्किड बी समुहबाट भने अशिष बस्नेतले प्रतिउत्तर गोल गरेका थिए । आशिष बस्नेत म्यान अफ द म्याचमा समेत चुनिएका छन् ।

Dengue

आजै भएको चौथो तथा अन्तिम खेल नेम्स स्कुल र भिमेश्वर एकेडेमी बिच भएको छ । जसमा १–० गोलअन्तरले भिमेश्वर स्कुल विजयी भएको छ । नेम्सका असिन लिम्बु म्यान अफ द म्याचमा चुनिए ।
आयोजक अर्किड स्कुलका अनुसार भोली तीन खेल हुने भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार