१७ बुदे मागसहित अनेरास्विवयु क्रान्तिकारीले बुझायो उपकुलपतिलाई ज्ञापनपत्र

काठमाडाैं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीले  विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न १७ बुदाका माग सम्बाेधन गर्न चेतावनी सहित आइतबार अध्यक्ष गणेशराज मिश्रले उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो । विश्वविद्यालय स्थापनाको दशकौ बितिसक्दा पनि आन्तरिक खिचातानी मै विश्वविद्यालय रुम्मलिएको घटना र केन्द्रीय क्याम्पसलाई सिद्धनाथ बहुमुखी क्याम्पस भन्दा माथि उठ्न नदिने कार्य प्रति संगठनको घोर आपत्ति रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

केन्द्रीय क्याम्पसमा वन विज्ञान र कृषि बिज्ञान संकायका स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरु संचालन गर्नुपर्ने, केन्द्रिय क्याम्पसमा बिज्ञान संकायमा स्नातकोत्तर तहका कार्यक्रमहरु संचालन गर्नुगर्ने, केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ संकायमा स्नातकोत्तर तह र स्नातक तहमा थप कार्यक्रमहरु संचालन गर्नु पर्ने, केन्द्रीय क्याम्पसमा आयुर्वेद बिज्ञान, योग बिज्ञान, द्वन्द्व ब्यवस्थापन, जन प्रशासन, बीसिए जस्ता नयाँ कार्यक्रमहरु संचालनमा ल्याउनु पर्ने, केन्द्रीय क्याम्पसमा बृहत केन्द्रीय पुस्तकालय, इन्डोर खेल भवन, परिक्षा भवन, कार्यक्रम का लागि ठुलो सभा हल र सम्पुर्ण बिभागका लागि छुट्टाछुट्टै भवन र अन्य भौतिक पुर्वाधारको निर्माण गर्नु पर्ने मागहरु राखेको छन्।

Dengue

यसैगरी आवश्यक जनशक्तिको उचित ब्यवस्थापन गर्नु पर्ने , सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा ३ को उपदफा २ मा भएको ब्यवस्था अनुसार सिद्धनाथ बिज्ञान क्याम्पस समायोजनको प्रक्रिया अगाडि बढाउनु पर्ने, सेमेष्टर सिस्टमको पुर्ण पालना गरि अध्यापन गराउनु पर्ने, दोहोरो प्राध्यापन लाई कडाइ पुर्वक नियन्त्रण गर्नुपर्ने, प्रत्येक आङ्गिक क्याम्पसमा आवश्यकता अनुसार जनशक्ति र भौतिक पुर्वाधार हरुको ब्यवस्थापन गर्नु पर्ने, प्रत्येक आङ्गिक क्याम्पस हरुमा पुस्तकालयको ब्यवस्था हुनु पर्ने, प्राविधिक धारका संकायहरुलाई स्वायत्तता प्रदान गर्नुपर्ने, विश्वविद्यालय सेवा आयोगलाई यथा सिघ्र कार्यान्वयन गरी खुल्ला तथा समावेशी प्रतिस्प्रर्धा बाट जनशक्ति परिपूर्ति गर्नुपर्ने, कृषि स्नातक तहमा छात्रवृत्ति लाई कम्तीमा ४५% कायम गर्नुपर्ने, जीर्ण अवस्थामा रहेका आंगिक क्याम्पसका भवन हरु लाई मर्मत एवम पुनःनिर्माणको प्रक्रियामा यथासिघ्र अघि सार्ने, शैक्षिक भ्रमण तथा कार्यालय प्रयोजनका लागि केन्द्रीय सहित आवश्यक आंगिक क्याम्पसमा सवारी साधनको व्यवस्थापन गर्नुपर्ने तथा चैत्र ५ गते भित्र चुनाव गर्ने गरि स्ववियु निर्वाचनको मिति घोषणा गर्नु पर्ने लगायतका मागहरु राखेका छन् । यी मागहरु पुरा गर्न जोडदार माग समेत गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलन र संघर्षहरुको उपलब्धि स्वरुप कंचनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएको र उक्त आन्दोलनका क्रममा महेन्द्रनगर लगायत विभिन्न ठाउँमा भौतिक रुपमा विभिन्न ब्यक्ति तथा ठाउँहरुले घाटा ब्यहोरेको तथा विश्वविद्यालय स्थापनाको आशमा सबैले साथ दिदै अगाडी बढेको समेत स्मरण गराएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार