सातौँ अर्किड कप अन्तर्गत आज पाँच खेल सम्पन्न, भोली ४ खेल हुने

काठमाडाैं – सातौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता छनौट खेलहरु अन्तरगत आज तेस्रो दिन ५ वटा खेलहरु सम्पन्न भएका छन् । अर्किड स्कुलकाे खेल मैदानमा भएकाे पहिलो खेल सी बी आइ ए र टाइमलाइन स्कुल बीच भएको हो । जसमा खेल १–१ गोलको बराबरीमा गएपछि टाइ ब्रेकरबाट टाइमलाइन स्कुलले जितेका हो । यस्तै आजै भएको दोस्रो खेल मनकामना स्कुल र श्रमसील बीच भएको हो । जसमा मनकामना स्कुल ५–० गोल अन्तरले विजयी भएको छ ।

यसैगरी आज तेस्रो खेल मोनाष्टिक पब्लिक स्कुल र हाइ ल्याण्ड स्कुल बीच भएको छ । २–० गोल अन्तरले मोनाष्टिक पब्लिक स्कुल विजयी भएको छ । कैटिल्य र अक्षरिका स्कुलबीच आजको चौथो खेल भएको थियो जसमा कैटिल्य स्कुल १–० गोल अन्तरले विजयी भएको हो । यस्तै आजै भएको पाँचौ तथा अन्तिम खेल पाणिनी स्कुल र निर्मल ज्योती स्कुल बीच भएको हो । जसमा निर्मल ज्योती स्कुल ४–० गोल अन्तरले विजयी भएको छ । यस्तै भोली ४ खेल हुने आयोजक अर्किड प्युपल सेकेण्डरी स्कुलले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार