सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीबीच भेटघाट

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ ।

मुख्यमन्त्री शाहले आइतबार काठमाडौंको डिल्लीबजार कारागार पुगेर उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई भेटेका हुन् । एमाले नेतृत्वको सरकारले विश्वास मत पाउन नसकेर ढलेपछि शुक्रबार मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत लिन नागरिक उन्मुक्ति पार्टीको सहयोग आवश्यक छ ।

Dengue

सरकार गठनमा साथ दिएको नागरिक उन्मुक्तिले एक महिनामै साथ छाडेपछि एमालेका राजेन्द्रसिंह रावल पुस २६ मा विश्वासको मत प्राप्त गर्न नसकेर पद मुक्त भएका थिए ।

मुख्यमन्त्री शाहले पनि फागुन २५ गतेसम्म विश्वासको मत लिसक्नुपर्ने छ । विश्वासको मतका लागि मुख्यमन्त्री बनेको दुई दिनमै उनी रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगेका हुन् ।

चौधरीसँग सामान्य भेटघाट भएको भन्दै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने मुख्यमन्त्री शाहको विश्वास छ ।

यसैबीच शनिबार मुख्यमन्त्री शाहले जानकी गाउँपालिकास्थित नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको घरमा पुगेर परिवारसँग भेटघाट गरेका थिए । शनिबार बिहान मुख्यमन्त्रीले चौधरीकी आमा सुनफीदेबी चौधरी र दिउँसो नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग समेत टीकापुरमा भेटघाट गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार