नेफ्टा अवार्डको ११ औं संस्करणको औपचारिक घोषणा, जेठ १३ गते अमेरिकामा हुने

काठमाडौं – नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको ११ औं संस्करणको ‌औपचारिक घोषणा भएको छ। आज काठमाडौंमा आयोजित कार्यक्रममा अवार्डको घोषणासँगै कार्यक्रमको मिति तोकिएको हो।

कलाकार मदनकृष्ण श्रेष्ठले प्राविधिक संघ र नेफ्टा आयोजकहरुलाई ट्रफी हस्तान्तरण गर्दै ११ औ संस्करणको घोषणा गरे।आयोजक संस्था नेफ्टाले अमेरिकाको टेक्ससमा आगामी वर्ष जेठ १३ गते (२७ मे, २०२३) मा अवार्ड समारोह आयोजना गर्ने जनाएको छ। यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा नेफ्टा अवार्ड भएको थियो।

Dengue

नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अमेरिकामा अवार्ड गर्न लागेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए। नेपाल र अमेरिकाबिचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा गर्न लागिएको अवार्डले दुई मुलुकबिच सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन भूमिका खेल्ने लामाको भनाई छ। त्यसैगरि, कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि नेफ्टाले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान भूमिका खेल्ने बताए।

केसीले भने, ‘हाम्रो उद्धेश्य भनेको नै भाषा, कला र संस्कृतिलाई विश्वमाझ फैलाउनु हो। अन्तर्राष्ट्रियकरणका लागि यस्ता अवार्डहरुको आवश्यकता पर्छ। जसको लागि नेफ्टाले ठूलो सहयोग गरिरहेको छ।’

त्यस्तै, नेपाली फिल्मको विकास नहुनुमा नयाँ चलचित्र ऐन नबन्नु नै मुख्य कारण भएको केसीको दाबी छ। उनले चलचित्रको नयाँ ऐनबारे संञ्चारमन्त्रीसँग छलफल गरिरहेको समेत सुनाए।

नेफ्टा अवार्डमार्फत आफूहरुले हलिउड र बलिउडसँग पनि सहकार्य गर्ने योजना रहेको आयोजक संस्था फेम नेपालका अध्यक्ष बिमल पछाइले बताए। अवार्डको उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान गर्ने समेत उनको भनाई छ। उनका अनुसार टेक्ससस्थित नेपाली समुदायलाई समेटेर झण्डै २ किलोमिटर लामो नेपाल परेड कार्यक्रममार्फत सातै प्रदेशको संस्कृति र भेषभूषा झल्कने झाँकी प्रस्तुत गर्ने तयारी रहेको छ। यो अवार्ड ६३ सय दर्शक अट्ने क्षमता भएको टेक्सस ट्रष्ट सियू थिएटरमा आयोजना हुँदैछ।

अवार्डमा २०७९ सालभित्र रिलिज भएका फिल्मले ४२ वटा विधाको लागि प्रतिस्पर्धा गर्नेछन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार