इन्द्रेणी कृषि सहकारीद्वारा उदयदेव माध्यमिक विद्यालयलाई जर्सी हस्तान्तरण

भोजराज पन्त, कञ्चनपुर (सुन्दरपुर) –  कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयलाई बुधवार खेलपोशाक (जर्सी) हस्तान्तरण भएको छ ।

वेदकोट नगरपालिका ९ मा रहेको सुन्दरपुरमा रहेको इन्दे्रणी कृषि सहकारी संस्था लि. वेदकोट नगरपालिकामा हुने राष्ट्रपति रनिङसिल्डमा उदयदेव माध्यमिक विद्यालयका खेलमा सहभागी विद्यार्थीकालागी २५ वटा खेल पोशाक विद्यालयका प्रधानाध्यापक महेश्वर दत्त भट्ट र खेल शिक्षक राजेन्द्र विष्टलाई संयुक्त रुपमा सहकारीका अध्यक्ष शिवराज भट्टले हस्तान्तरण गर्नु भएको हो ।

Dengue

त्यसै गरी वेदकोट नगरपालीका वडा नं. ९ का अध्यक्ष जनक सिंह विष्टले १० वटा खेल पोसाक र कार्यपालिका सदस्य पार्वती देवी विष्टले ५ र विद्यालय व्यवस्थापन अध्यक्ष भरत रोकायाले १० वटा पोशाक विद्यायलयका प्रधानाध्यापक भट्टलाई हस्तान्तरण गरेका छन ।
जर्सी दिई सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाइ उदय देव माध्यमिक विद्यालयका प्रधानाध्यापक महेश्वरदत्त भट्टले धन्यवाद दिनु भयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार