रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक जारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक जारी भएको छ। पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरू भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ।

नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पार्टी सभापति रवि लामिछानेले यसअघि सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए। गत आइतबार पुनः नागरिकता प्राप्त गरेपछि उनले फेरि मन्त्री हुन दौडधुप गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई गृह मन्त्रालय नदिने अडान लिए। यता सत्ता साझेादर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सहमतिअनुसार उनलाई गृह मन्त्रालय दिनुपर्ने अडान राख्दै आएका छन्।

Seti Hospital

यसैबीच रास्वपा सभापति लामिछानेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्। पत्रकार सम्मेलन पार्टीको बैठकपछि बसुन्धरामै हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार