क्रिकेटर सन्दीप लामिछानेसहितको टिम बन्द प्रशिक्षणका लागि घोषणा

काठमाडौं – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि घोषणा गरेको छ ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई क्यानले बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको हो । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका सन्दीप उच्च अदालत पाटनको आदेशबाट धरौटीमा छुटेका हुन् ।

Seti Hospital

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि यसअघि नेपाल क्रिकेट संघ क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको थियो ।

त्यसबेला सन्दीप र प्रतिश थिएनन् । दोस्रो चरणमा कुल २० खेलाडी राख्दा २ नयाँ खेलाडी थपिए भने पहिलो चरणबाट १० खेलाडी बाहिरिएका छन् ।

दोस्रो चरणमा सन्दीप र प्रतिशसँगै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद छन् ।

शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाल बाहिरिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार