नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको सीआईबीकाे पुष्टि

Call24News

काठमाडाैं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ । सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो ।

खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् ।

धनगढी सूचना

मिलेमतोमा संलग्न व्यक्ति र खेलाडीको नाम अन्तिम प्रतिवेदनमा मात्रै सार्वजनिक गर्ने सीआईबीले जनाएको छ ।

पुरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच आउट, रन आउट, चौका, छक्का लगायतमा खेलका अफिसियलको समेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ । मिलेमतोमा धेरैजसो विदेशी र केही नेपाली खेलाडी पनि जोडिएको पाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार