कैलालीको चौमलामा आँखा शिबिर सम्पन्न, ३८१ जनाले सेवा पाए, ८२ जनालाई चस्मा वितरण

प्रेम जाेशी, कैलाली- जिल्लाको गौरीगंगा नगरपालिका १ -स्थित आधारभूत स्वास्थ्य केन्द्र मंगलपुरमा आँखा शिबिर शुक्रबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका कार्यालय चौमलाको आर्थिक सहयोगमा सो शिबिर संचालन भएको हो ।

शिबिरमा १ सय ४३ जना पुरुष र २ सय ३८ जना महिला गरि ३८१ जनाले आँखाको उपचार सेवा पाएका थिए। आँखामा मोती बिन्दु समस्या भएका ७५ जना बिरामीलाई धनगढी नेत्रालय प्रा.लिमा अप्रेसनको लागि प्रेषण गरिएको छ । आँखा जाँच गरिएका ८२ जनालाई चस्मा र २९४ जनालाई निशुल्क औषधि बितरण गरिएको थियो । गौरीगंगा नगरपालिका नगर प्रमुख देबी दत्त कडेलले दुरदराजमा रहेका ब्यक्तिले धनगढी र गेटा टाढासम्म जानुपर्ने बाध्यता रहेकोले आँखा जस्तो सम्बेदशील अंगको गाउँमै सेवा पाउन भनेर नगरपालिकाले उपचारमा आर्थिक सहयोग गरेको बताए ।

Dengue

गौरीगंगा नगरपालिका उपप्रमुख भोज बहादुर बम, वडा न.१ का वडा अध्यक्ष डबल दियाकोटी बोहरा र आधारभूत स्वास्थ्य केन्द्र प्रमुख चुणामणी जोशी,नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा सभापति छ्त्र बहादुर बम,च्यारिटी हेल्थ फाउन्डेशन कार्यक्रम निर्देशक त्रैलोक्य नाथ पाण्डेय स्यंयसेबिका र स्थानीय बासीको सहभागिता रहेको थियो । शिबिरमा धगगढी नेत्रालय प्रा.लि.का नेत्र सहायक शशी बुढा,अरुण चौधरी र रबिन चौधरीको टोलीले आँखा जाँच गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार