नेपाल व्यापार संघको बैठक शनिवार बस्दै, यी बिषयमा महत्वपूर्ण छलफल हुने

काठमाडौं – सातै वटै प्रदेशमा संगठन निर्माण गर्ने उद्देश्य सहित नेपाल व्यापार संघको बैठक शनिवार बस्ने भएको छ । भक्तपुरको दरबार रिसोर्टमा शनिवार विहान १० बजेदेखि साँझ ४ बजेसम्म बैठक बस्ने बस्ने तय भएको नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो ।
५१ जना कार्यसमिति तथा १०५ जनाको पूर्ण बैठक बस्ने गरि कार्यतालिका तयार गरिएको छ । बैठकले सातै प्रदेश लगायत गाउँ, नगरसम्म कमिटी गठन गर्दै लैजाने लक्ष्य समेत लिएको छ । यस्तै व्यवसायीहरुलाई संरक्षण गर्न आफु खुसी भाडा लिने गरेकोमा बैज्ञानिक भाडा दर कायय गर्ने, बैठकले प्रदान गर्दै आइरहेको सहुलियत तथा बिना धितो, कर्जालाई रु १५ लाख रुपैयाबाट बढाएर २५ लाख बनाउनुपर्ने मुद्दाहरुले समेत बैठकमा स्थान पाउनेछ ।

यसैगरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयतमा सहुलियत दिनुपर्ने, दक्ष जनशक्ति उत्पादन गर्न प्रत्येक स्थानीय तहमा तालिम केन्द्रको स्थापना गर्नुपर्ने, बैक तथा बित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरु नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा व्याजदर एक अंकमा कायम गर्नुपर्ने, भन्सार दरबन्दीको महंगीका कारण बजार मूल्य बढ्न गएकोले भन्सार हालको दरबन्दी घटाउनेपर्ने, कर्जा ओभर ड्राफ्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्ने लगायतका विषयम छलफल हुनेछ । बैंकल घर जग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गरिदै आएकोमा उक्त सीमा अवधिलाई बढाई ६ महिना समय कायम गर्ने, उद्योग तथा व्यवसायमा हुने समस्याको सहजीकरणका लागि नेपाल सरकार र व्यवसायी संगठन बीचको एक उच्च स्तरीय समन्वय समिति गठन गर्ने तथा हाल कम्पनी प्रा.लि. लाई आयकर दर २५ प्रतिशत र प्रोपाइटरसीप फर्मको लागि ३६ प्रतिशत दर रहेकोमा दुबैका लागि सामन २५ प्रतिशत करको दर कायम गर्ने र केरुङ खासा लगायत चिनिया नाकामा नेपाली व्यवसायी सहज रुपमा जान पाउनुपर्नै लगायतका महत्वपूर्ण विषयमा छलफल हुने अध्यक्ष गौतमले बताउनुभयो ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार