मधेसका स्वतन्त्र सांसद जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ – मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बुधबार महतो माओवादी प्रवेश गरेका हुन्।  महतो सर्लाही क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

उनले एमालेका गणेश प्रसाईंलाई हराएका थिए। यो क्षेत्र वामलोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा उम्मेदवार परेपछि उनी माओवादी परित्याग गरेका थिए। तत्कालीन गठबन्धनका उम्मेदवार डिल्लीप्रसाद उप्रेती यहाँ तेस्रो भएका थिए।

मधेसमा ६ जना स्वतन्त्र सांसद छन्। तीमध्ये थप २ जना पनि माओवादी प्रवेशको तयारीमा छन्। अहिले मधेसमा माओवादीका सांसद ९ जना पुगेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार