कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

Call24News

कैलाली – कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत २२ वर्षीय महेश भारतीको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर भारती गम्भीर घाइते भएका थिए । उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार