देउवा र प्रचण्डबीच भेटवार्ता, प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरे, अबको प्रधानमन्त्री को ?

Call24News

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

भेटवार्तामा प्रधानमन्त्री देउवालाई प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका छन् । सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेका प्रचण्डले शनिबार बिहान देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेकाे माओवादीका एक नेताले बताए ।

आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराएपछि सरकार गठनकाे प्रक्रिया झन पर धकेलिएकाे राजनीतिक वृतमा चर्चा चल्न थालेकाे छ । स्रोतका अनुसार निर्वाचन अगाडि भएकाे भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । निर्वाचनपछि तेस्रो दलमा खुम्चिएपनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार