नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ – नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ४-३ को जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अन्तिम चारमा क्रोएसियासँगको भेट पक्का गरेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा धकेलिएको थियो।

अर्जेन्टिनाका लियोनल मेसी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे। अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिरिएको थियो। पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा चुके।

Seti Hospital

एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले अन्तिम ७ मिनेटपछि नाटकीय पुनरागमन गरेको थियो। इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुगेको थियो। अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।

पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो। दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो। मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले कप्तान लिओनेल मेसीको पासलाई सदुपयोग गरे। ७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो। पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए। मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए।

८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो। स्टिभन बर्घाउसको क्रसमा वुट वेघर्स्टले गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता १ गोलमा घटाए। त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो। फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले गोलमा परिणत गरेपछि खेल बराबर भएको थियो। अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ। क्रोएसिया ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार