फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने आठ राष्ट्रहरुमा ब्राजिल पाँच पटकको विश्व विजेता हो भने अर्जेन्टिना दुई पटकको विजेता हो । त्यसैगरी साविक विजेता फ्रान्स पनि दुईपटकको विश्व च्याम्पियन बनिसकेको छ भने इङ्ल्याण्ड एकपटकको विश्व च्याम्पियन हो । बाँकी चार राष्ट्र भने नयाँ इतिहास रच्‍ने दाउका साथ मैदानमा उत्रदैछन् ।

फुटबलको महानायकको रुपमा चिरपरिचित क्रिष्टियानो रोनाल्डो आफ्नो कप्तानीमा पहिलोपटक पोर्चुगललाई उपाधी दिलाउन चाहन्छन् । त्यसैगरी अफ्रिकाबाट चौथो राष्ट्रको रुपमा विश्वकपमा सहभागि जनाएको मोरक्को यो छैटौं क्‍वाटर फाइनल यात्रा हो । फिफा विश्वकप २०२२ को पहिलो क्‍वाटर फाइनलको खेलमा आज पाँचपटकको विश्वविजेता ब्राजिलले साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल बेलुकी ८.४५ बजे अल रायन रंगशालामा खेलिंदैछ ।

dashain shuvakamana
Discovery School

त्यसैगरी दोस्रो क्‍वाटर फाइनल खेल दुईपटकको विश्वविजेता अर्जेन्टिना र विश्वकप उपाधीको खोजीमा रहेको नेदरल्याण्ड्सबीच हुँदैछ । यो खेल कतारको लुसाइल आइकोनिक रंगशालामा मध्यराती १२.४५ बजेबाट सुरु हुँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार