गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन परिणामले नेपाली कांग्रेस पहिलो शक्ति बनेकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । उहाँले राजनीतिक परिवर्तनको एजेण्डा अब नरहेको र मूलकलाई रूपान्तरण गरेर अघि बढ्नु पर्ने दायित्व रहेकाले त्यसलाई पूरा गर्न अबको सरकार लाग्ने बताउनुभएको हो ।

राजनीतिक परिवर्तनको एजेण्डा होइन अब हाम्रो पुरै ध्यान सामाजिक रूपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्छ र म त्यसमा केन्द्रित हुनेछु, झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकडभिट्टाको कार्यक्रममा बोल्दै शर्माले भन्नुभयो । मूलक रूपान्तरणका लागि हामी सबै रूपान्तरित बन्नुपर्छ, उहाँको भनाइ थियो ।

Dengue

समाज रूपान्तरणमा सामाजिक संघसंस्थाहरुको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिँदै समाज रूपान्तरण हुँदै गएपछि मूलक नै रूपान्तरण हुने जनाउनुभयो । उहाँले अब प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनेमा आफू आशावादी रहेको पनि बताउनुभएको छ ।

आफुले यसभन्दा अघि नै बारम्बार पार्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भनेर प्रतिबद्धता गरिसकेको समेत बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार