३० वर्ष पहिले चिस्याइएको भ्रुणबाट जुम्ल्याहा सन्तान

न्युयोर्क – अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्मिएका हुन् । अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रुण चिस्याएर सफल रूपमा शिशुको जन्म भएको घटनाको रुपमा हेरिएको हो ।  सन् १९९२ को अक्टोबर १४ देखि भ्रुण चिस्याइएको थियो ।
ओरेगनकी रचेल रिजवेले ३१ अक्टोबरमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएकी थिइन । जुम्ल्याहा सन्तानको नाम लिडिया र तिमोथी राखिएको छ ।  दाताले दिएको भ्रुणबाट जन्मिएको रिजवेको यो पहिलो बच्चा हो । उनका एकदेखि आठ वर्षका अन्य चार बच्चाहरू छन् । ‘म पाँच वर्षको थिएँ जब भगवानले लिडिया र तिमोथीलाई जीवन दिनुभयो । ’,  फिलिप रिजवेले भने । शिशुको जन्मबाट आफू आश्चर्य चकित परेको रिजबेका पति फिलिप रिजबेले बताए । राष्ट्रिय भ्रुण दान केन्द्र (एनइडीसी)का दान गरिएको भ्रुणबाट शिशु जन्मिएका हुन् । सो संस्थामा दान दिइएको भ्रुणबाट अहिलेसम्म सयौँ शिशुको जन्म भइसकेको छ ।
यसअघि सोही केन्द्रमा २७ वर्षअघि चिस्याइएको भ्रुणबाट सन् २०२० को अक्टोबरमा एक बालिका जन्मिएकी थिइन् । उनको नाम मोली गिब्सन रहेको छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार