इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु

काठमाडौं-  इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ ।

पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् ।

Dengue

बस्नेतले २३ हजार ९५ मत पाउँदा खनालले २० हजार ८९६ मत पाएका छन् । सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।

उनले २३ हजार ४३९ मत ल्याएर अग्रता लिइरहँदा एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याइरहेका छन् ।

रोकिएको दुवै क्षेत्रको मतगणना अहिले  भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार