बैतडीमा प्रहरीको जीप दुर्घटना : ५ जना प्रहरीको मृत्यु, उद्धारमा कठीनाइ

कैलाली – बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले बताए।

‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटाएका छौँ। अन्य तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ,’ वडाध्यक्ष विष्टले भने, ‘जिप भिरमा खसेकाले उद्दारमा कठीनाइ भइरहेको छ। प्रहरी टोली घटनास्थलतर्फ आउदै छ।’ जिप टुक्राटुक्रा भएको छ। से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको बताइएको छ।

Seti Hospital

प्रहरीको घुम्ती टोली सवार उक्त जिप बैतडीबाट पाटनतर्फ गइरहेको थियो। तर मृतक र घाइते प्रहरीको परिचय खुलेको छैन। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलतर्फ गइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार