निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि महामहिम भारतीय राजदूत श्री नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गर्नुभयो ।

सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उहाँले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताउनुभयो । आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उहाँले भारत सरकारले विभिन्न समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि समेत धन्यवाद ज्ञापन गर्नुभयो ।

Dengue

समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताउनुभयो । नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उहाँले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै आयोगका प्रवक्ता एवं सहसचिव श्री शालिग्राम शर्मा पौडेलले भारत सरकारबाट प्राप्त सहयोगले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले यसअघिका निर्वाचनमा पनि भारत सरकारले सहयोग गर्दै आएकोसमेत स्मरण गर्नुभयो । उक्त समारोहमा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी, माननीय डा. जानकी कुमारी तुलाधर, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार