मुम्बई प्रिमियरमा सोनाक्षीसँग देखिए प्रदीप खड्का

काठमाडौं – ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको लोकप्रियता भारतमा बढेको देखिन्छ । सोनाक्षी सिन्हा स्टारर फिल्म ‘डबल एक्सएल’को मुम्बई प्रिमियरमा प्रदीप सहभागी भए ।

उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । उनीसँगै व्यवसायी निर्वाण चौधरी पनि उपस्थित थिए । रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेरेपछि प्रदीपले प्रशंसा समेत गरे । प्रिमियरपछि आयोजित होम पार्टीमा सोनाक्षी र प्रदीपबीच भलाकुसारी समेत भयो । आफू नेपाल घुम्न गएको जानकारी दिंदै सोनाक्षीले के प्रदीपजस्तो ट्यालेन्ट अभिनेता नेपालमा पनि छन् र ? भनेर जिज्ञासा राखेकी थिइन् ।

Dengue

सोनाक्षी, जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ । प्रिमियरमा भाग लिन मुम्बई पुगेका प्रदीप काठमाडौं फर्कंदैछन् । यसैबीच, प्रदीपलाई मुम्बईको एक फिल्म प्रोजेक्टबाट अभिनयको प्रस्ताव आएको, तर निधो भइनसकेको उनी निकट स्रोतले जनाएको छ । प्रदीप स्टारर ‘प्रेमगीत ३’ हिन्दी भाषामा विश्वव्यापी रिलिज भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार