भोली कैलालीको टिकापुरमा एक दिने देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने

कैलाली, टिकापुर

भोली कार्तिक १८ गते कैलालीको टिकापुरमा एक दिने “देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । विहान ९ बजेदेखि कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । सातै प्रदेश चारै दिशाको हाम्रो संस्कृति, जो हुन हाम्रा सम्पदा अनि सम्पत्ति, अब झल्काउनु छ नेपालको पहिचान यत्रतत्र, आउनुहोस् जगेर्ना गरौं धर्म र संस्कृतिको नयाँ पद्धती भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना हुन लागेको हो ।
सूदुरपश्चिम विश्वविद्यालय कृषि बिज्ञान संकाय अन्तर्गत गैर नाफा मुलक कृषि विद्यार्थीहरूको अन्तराष्ट्रिय संस्था IAAS Nepal LC FoA Tikapur ले एक दिने “देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम २०७९” कार्यक्रम गर्न लागेको र कार्यक्रममा थारु, मगर, गुरुङ, मधेसी, ब्राह्मण/क्षेत्री, गायन, देउडा नृत्य र नाटक मञ्चन पनि समावेश गरि कार्यक्रमलाई थप आकर्षित गर्न खोजेको देखिन्छ ।

Dengue

विभिन्न जातजाति, भेषभुषा, रितिथिती, संस्कृति र परम्पराको प्रस्तुति तथा प्रोत्साहन गर्ने र ज्ञान अनुभव आदान प्रदान गर्न, सामाजिक सदभाव कायम राख्ने, सांस्कृतिक परम्परालाई निरन्तरता दिने, प्रदेशका मौलिक नृत्यलाई जीवन्त राख्ने, युवा संस्कृति र संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको टीकापुर क्याम्पस कृषि विज्ञान संकाय स्नातक तह पाचौँ सेमिस्टरमा अध्ययनरत गोकर्ण मिश्रले जानकारी दिनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार