टि–२० विश्वकप : आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेश खेल्दै

काठमाडौँ – टि–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।

सुपर १२ को समूह ‘२’ का यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे नेदरल्यान्ड्स र जिम्बाबेबीच खेल हुनेछ । जिम्बाबेको तीन खेलमा तीन अंक छ । तर समान खेलमा नेदरल्यान्ड्सले अंक जोडेको छैन ।

Dengue

जिम्बाबे चौथो र नेदरल्यान्ड्स पुछारमा छ । आजको दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत र बंगलादेशको तीन खेलमा समान ४ अंक भए पनि रनरेटका आधारमा भारत दोस्रो र बंगलादेश तेस्रो स्थानमा छ । समूह ‘२’ मा ३ खेलमा ५ अंकका साथ दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । यो समूहमा रहेको पाकिस्तान तीन खेलमा २ अंकका साथ पाँचौ स्थानमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार