अब ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर तिर्नुपर्ने

काठमाडौं – ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन् ।

यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ डलर तोकिएको हो । एलन मस्कले ट्वीटरमा लेखेका छन्–आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने छ । यसबाट ट्वीटरको आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा हुने मस्कको भनाइ छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार