दार्चुलाको अपिहिमालमा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

दार्चुला – दार्चुलाको दुर्गम क्षेत्र अपिहिमाल गाउँपालिकाकी महिलालाई हेलिकप्टरबाट उद्वार गरिएको छ । सुत्केरी हुन नसकेको अवस्थामा वडा नं. ३ की निवासी २२ वर्षीया निर्मला धामीलाई हेलिकप्टरबाट उद्वार गरी सुर्खेत लगिएको हो ।
महिलालाई सुत्केरी व्यथा लागेपछि खण्डेश्वरी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उद्योग वाणिज्य तथा आपु्र्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी ‘सन्तोष’को पहलमा उद्धार गरि सुर्खेत लगिएको गाउँपालिकाका अध्यक्ष भगतबहादुर ठेकरेले उपहार खबरलाई जानकारी दिए ।

‘स्वास्थ्य चौकीबाट सडक मार्ग पुग्न ४–५ घण्टा सम्म बोकेर हिड्नु पर्ने भएकोले सडकमार्गबाट सम्भव नभएपछि तत्काल हेलिबाट उद्धार गरिएको हो,‘दुर्गमका महिलालाई यो सुविधा बरदान सावित भएको छ’ अध्यक्ष ठेकरे भने । लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्लपता भएका महिलालाई निःशुल्क हवाई उद्वार गरिन्छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार