पाकिस्तानले भारतलाई दियो १६० रनको लक्ष्य

काठमाडौँ – आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह-२ को बहुप्रतिक्षित खेलमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको छ। मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा १५९ रन जोड्यो।

पाकिस्तानका लागि इफ्तिखर अहमेद र शान मसूदले अर्धशतक प्रहार गरे। इफ्तिखरले ५१ रन जोड्ने क्रममा ३४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै शान मसूदले नटआउट ५२ रन जोडे। उनले ४२ बलमा ५ चौका हिर्काए। त्यसअघि ओपनद्वय मोहमद रिजवान र कप्तान बाबर अजाम सस्तैमा आउट भए। रिजवान ४ रन र बाबर शून्यमा आउट भए।

Dengue

दुवैलाई अर्शदीप सिंहले आउट गरेका थिए। यी दुई ओपनर जोडी ४ रनको साझेदारीमा आउट हुँदै खराब रेकर्ड बनाए। दुई जनाबीच भएको यो सबैभन्दा कम रनको साझेदारी हो। यसअघि यसै महिना दुई जनाबीच इंग्ल्यान्डबिरुद्ध ५ रनको साझेदारी भएको थियो। पाकिस्तानका शादब खान ५ रन, हैदर अली २ रन, मोहमद नवाज ९ रन र आसिफ अली २ रनमै आउट भएका थिए। शादब, हैदर र नवाजलाई भारतका हार्दिक पाण्ड्याले आउट गरेका थिए। ८ बलमा १ चौका र १ छक्काको मद्दतमा १६ रन जोडेका शाहीन साह अफ्रिदी अन्तिम ओभरको दोस्रो बलमा आउट भए।

बलिङमा भारतका अर्शदीप र हार्दिक पाण्ड्याले ३-३ विकेट लिए। भुवनेश्वर कुमार र मोहमद सामीले १-१ विकेट लिन सफल भए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार