विश्वकप फुटबलका खेलहरु विदेशी च्यानलबाट हेर्न नसकिने, हिमालय टेलिभिजनबाट प्रसारण हुने

काठमाडौं – कतारमा हुने विश्वकप फुटबल २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् । नेपालको प्रसारण अधिकार पाएको मिडिया हबले हिमालय टेलिभिजनबाट प्रसारण गर्न लागेको हो ।

ग्राहकले तिर्ने अतिरिक्त शुल्क एवं विज्ञापनबाट हुने आम्दानी मिडिया हब र केबल वितरकबीच साझेदारी हुने र हिमालय टेलिभिजनले कुनै शुल्क नलिने समझदारी भएको छ । फिफाले यसपटक दक्षिण एशियाली देशहरुमा जियो लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् । फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरु हेर्न पाइने छ । नेपालको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार