चाडपर्वको मुखमा उपभोक्ता महँगीको मारमा

डडेल्धुरा – चाडपर्वको मौका छोपेर उपभोग्य वस्तुको अत्यधिक मूल्य वृद्धि हुँदा पनि कसैको ध्यान नगएकोप्रति डडेल्धुराका उपभोक्ताले गुनासो गरेका छन् ।

दीपावलीको पूर्वसन्ध्यामा बजारमा दैनिक उपभोग्य वस्तुहरु तथा दीपावलीका सामग्रीहरुमा विगतका वर्ष भन्दा २० प्रतिशतले बढेको स्थानीय बताएका हुन् । चुनावको मुखमा बजार भाउ बढिरहँदा पनि स्थानीय प्रशासन, स्थानीय निकाय तथा केन्दीय सरकार कसैले पनि आकाशिएको बजारमूल्य नियन्त्रण तथा अनुगमन गर्ने काम नगरेकाले उपभोक्ता निराश भएका छन् ।

Dengue

तरकारी, फलफूलमा सामान्य हेरफेर भएपनि दाल, चामल, तेल र चिनी लगायतका उपभोग्य वस्तुको दर साविक भन्दा बढ्नुमा बैंकिङ क्षेत्रमा बढेको ब्याज दर मुख्य कारण भएको व्यवसायीहरुले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार