रुसको सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा ११ जनाको मृत्यु, १५ घाइते

काठमाडौं – रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ ।

साेही आक्रमणमा परी १५ जना घाइते भएका हुन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिने स्थानमा आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।

Dengue

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्वसोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन् । उनीहरु आतंककारी भएको हुन सक्ने मन्त्रालयले जनाएको छ । गत महिना रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पहिले सैन्य सेवा गरेका ३ लाख रुसी नागरिकलाई युक्रेनविरुद्धको लडाइँमा प्रयोग गर्न आदेश दिनुभएको थियो । यो आदेशको विरोधमा रुसभर विरोध प्रदर्शन भएको थियो भने धेरै मानिसहरुले देश छाडेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार