लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब, मार्क जुकरबर्ग समेत असुरक्षित

काठमाडाैं – फेसबुकको सुरक्षा कमजोरीका कारण मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका छन् । बुधवार बिहानदेखि देखिएको सुरक्षा कमजोरीका कारण सेलिब्रेटीका फलोअर्सको संख्या घटेको देखिएको छ ।

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर ९ हजार हाराहरीमा देखिएको छ । फलोअर्सको संख्या थपघट भैरहेको छ । सामाजिक सञ्जाल ट्वीटरका धेरै प्रयोगकर्ताले आफ्ना फलोअर्स घटेको गुनासो गरेका छन् ।

Dengue

न्युजविक डटकमले अमेरिकाका ठूला सञ्चार माध्यमको फलोअर्स ह्वात्तै घटेको उल्लेख गरेको छ ।  मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार