मलेसियाका प्रधानमन्त्रीद्वारा संसद विघटन, निर्वाचनको मिति घोषणा गरिने

मलेसिया – मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । मध्यावधि निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विघन गरेका हुन् । निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको मिति घोषणा गरिने बताइएको छ ।

नोभेम्बरमा निर्वाचन हुने अनुमान गरिएको छ । संसदको कार्यकाल अर्को वर्षको सेप्टेम्बरसम्म थियो । तर इस्माइलले संसद भंग गर्न र प्रारम्भिक चुनावमा बलियो जनादेश प्राप्त गर्न आफ्नो युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) पार्टी भित्रबाट तीव्र दबाबको सामना गर्नु परेको थियो ।

Dengue

टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै याकोबले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको जानकारी दिएका छन् । ‘हिजो मैले राजालाई भेटे । संसद विघटन गर्न मैले उनको अनुमति लिए । र, संसद विघटन गर्न राजा राजी हुनु भयो’, इस्लामीले एक टेलिभिजन सम्बोधनमा भने ।

सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित घटनाक्रम भएका र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार