अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौं – मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजना मेयरसहित १८ जनाको मृत्यु भएको छ ।

बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

Dengue

आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर हुन् । स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए । आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरुले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरुमा ठूला गाडी तेर्स्याएका थिए । यो आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । घटनाको अनुसन्धान जारी रहेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार