दसैँमा राजधानीका सडक सुनसान

काठमाडौं– नेपालीको महान् पर्व बडा दसैँमा राजधानीका सडक सुनसान भएका छन् । शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ । शक्तिपीठ एवं देवी मन्दिर वरपर पार्किङ गरिएको सवारीसाधन पनि बाक्लै देखिन्छ । सधैँ जाम हुने राजधानीका व्यस्त सडक अहिले भने खाली छन् । घण्टौँ जाममा बस्नुपर्ने समस्या छैन ।

बजार, पसल पनि फाट्टफुट्टमात्र खुलेका छन् । दसैँमा करिब २० लाख मानिस राजधानीबाट बाहिर गएको अनुमान गरिएको छ । राजधानीसँगै उपत्यका बाहिरका देवीमन्दिरमा पनि भक्तजनको भीड बढेको छ । विगतका दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजाआराधना गर्न आह्वान गरिएको थियो ।

Dengue

यसवर्ष भने कोरोनाको जोखिम कम भए पनि डेँङ्गुको त्रास बढेको छ । यसवर्ष डेङ्गुबाट सुरक्षित भएर दसैँ मनाउन प्रशासनले आह्वान गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार