टी–२० सिरिज : भारतद्वारा दक्षिण अफ्रिका १६ रनले पराजित

काठमाडौं – भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै भारतले दक्षिण अफ्रिकालाई २३८ रनको लक्ष्य दिएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । केएल राहुलले ५७, विराट कोहलीले ४९ र रोहित शर्माले ४३ रन बनाए ।

दक्षिण अफ्रिकाको प्रदर्शन पनि उत्कृष्ट थियो तर टोलीले जित भने हात पार्न सकेन । भारतले दिएको स्कोर पछ्याउँदै दक्षिण अफ्रिकाको टोलीले तीन विकेट गुमाएर २२१ रन मात्र जोड्न सक्यो ।

Dengue

टेम्बा बाभुमा र रिले रुसो शून्यमा पेभिलियन फर्किए । मार्कराम पनि खास केही देखाउन सकेनन् र अक्षर पटेलको बलमा आउट भए । तर डेभिड मिलरले ४७ बलमा १०६ रन र क्विन्टन डी ककले ४८ बलमा ६९ रन बनाए पनि यी दुई खेलाडीको धुवाँदार इनिङ्सले पनि टोलीलाई जिताउन सकेन । यसअघि तिरुवनन्तपुरममा भएको पहिलो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल ४ अक्टोबरमा इन्दौरमा हुनेछ ।- एजेन्सी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार