ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु

काठमाडौँ – उत्तर प्रदेशको कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाटमपुर क्षेत्रमा श्रद्धालु बोकेको ट्रयाक्टरको ट्रली गाउँ नजिकै पानीले भरिएको सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको हो ।

कानपुर जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले पत्रकारहरूलाई भने, ’मृतकमा १४ महिला र बाँकी बालबालिका रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्रयाक्टर ट्रली पल्टिएर सडकको छेउमा पानी भरिएको खाल्डोमा खसेको थियो ।’

Dengue

यद्यपि दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त ट्र्याक्टर ट्रलीमा करिब ५० जना सवार थिए । उनीहरू फतेहपुरको चन्द्रिका देवी मन्दिरमा मुन्डन कार्यक्रममा सहभागी भई घाटमपुर फर्किएका थिए । एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै पीटीआईले कम्तीमा १२ जनाको घटनास्थलमै मृत्यु भएको बताएको छ।

राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् र अधिकारीहरूलाई छिटोभन्दा छिटो घटनास्थलमा पुगेर युद्धस्तरमा राहत कार्य गर्न निर्देशन दिएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार