चलचित्र ‘मायावी’को गीत ‘त्यो माया हो…’ सार्वजनिक

काठमाडौं : चलचित्र ‘मायावी’को गीत ‘त्यो माया हो…’ सार्वजनिक भएको छ । फागुनको १४ गतेबाट रिलिज हुने गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर छ । 

राम अविरल विष्टको शब्द छ भने एसडी योगीकै संगीत छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाइँको प्रेम देखिन्छ । 

रोमान्टिक गीतमा पल र दीपिकाले एक अर्कामा रहेको प्रेमभाव देखिन्छ । चलचित्रमा दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन छ । चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

चलचित्रमा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिष्मा श्रेष्ठ, लक्ष्मी गिरी, अञ्सु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाइँ, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको अभिनय छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार