बलिउडका चर्चित गायक सोनु कन्सर्टका लागि काठमाडौंमा

काठमाडौं : बलिउडका चर्चित गायक सोनु निगम बुधबार काठमाडौंमा गुञ्जिँदै छन्। क्रिसमस–डेको अवसर पारेर हायात रिजेन्सी होटलको मैदानमा बेलुका ‘सोनु निगम लाइभ इन नेपाल’ हुँदैछ।

कन्सर्टका लागि ४ बजे गेट खुल्नेछ। सोनु ७ बजे स्टेज उक्लिनेछन्। उनले कन्सर्टमा भारतीयसहित केही नेपाली गीत समेत गाउनेछन्। उनले स्वर दिएका ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली–डालीमा’ जस्ता नेपाली गीत निकै लोकप्रिय छन्।

Galaxy

नेपाली–टच नेपालले कन्सर्ट आयोजना गरेको हो। आयोजकका अनुसार कन्सर्टका लागि ७ हजार हाराहारी टिकट बिक्री भएको छ। १० हजार दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार