एनपीएल : कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-२ मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलको यात्रा तय गरेको हो ।

धनगढी सूचना

यससँगै तेस्रो स्थानमा रहँदै कर्णालीको यात्रा टुङ्गिएको छ । अब शनिबार हुने फाइनलमा जनकपुर र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्ने छन् । कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का लिए । ११.५ ओभरमा ५ विकेट गुमाएर ५८ रन बनाएको जनकपुरलाई विस्फोटक ब्याटिङ गर्दै निशमले जितको आधार तय गरेका थिए ।

यस्तै, हर्ष थाकेरले १७ र आकाश त्रिपाठीले १३ रन बनाए । शेर मल्ल र मायम यादवले क्रमश: र १४ रन जोडे । कर्णालीका लागि विपिन शर्माले ३ तथा कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले १–१ विकेट लिए । यसअघि ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

कर्णालीका लागि गुल्शन झाले २५ र देव खनालले २४ रनमा आउट गरे । विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, र च्याडविक वाल्टनले ११ रन बनाए । जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २–२ विकेट लिए । हर्ष थाकेर, जेम्स निशम र शेर मल्लले १–१ विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार