एनपिएल : कर्णालीले जनकपुरलाई दियो १ सय १९ रनको लक्ष्य

काठमाडौं : एनपिएलको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा अल आउट हुँदै १ सय १८ रन जोड्यो ।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४ रनको योगदान दिए । जिशान मकसूद र युनिश सिंहले समान १२–१२ रन जोडे । विलियम बोसिस्टो १४ रन बनाएर आउट भए ।

धनगढी सूचना

चाडविक वाल्टनले ११ रन थप्दा कप्तान सोमपाल कामीले ५ रन थपे । अर्जुन घर्तीले २ रन बनाए भने जयकिशन कोलसावालाले १ रन थपे । नन्दन यादवले ४ रनमा नट आउट रहे ।

बलिङमा भने जनकपुरका ललित राजवंशी, जेम्स निशाम र मोहम्मद मोहसिनले समान २–२ विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान १–१ विकेट लिए ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो ।कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिको लागि खेल्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार