जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, दीपेन्द्रले लिए ३ विकेट

Call24News

काठमाडौं : जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससमक्ष १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमाटस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको हो । आज जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे । २३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । राम्रो सुरुवात गर्न नसकेको जनकपुरका लागि यो इनिङ निकै महत्वपूर्ण बन्यो ।

धनगढी सूचना

नियमित कप्तान अनिल साह उपलब्ध नभएको खेलमा आज आशिफ शेखले कप्तानी सम्हालेका थिए । उनले १० बलमा ११ रन मात्रै जोडे । यसैगरी शुभ कंसाकारले २६ रन जोड्दा हर्ष ठाकर १२ रन, अरनिको यादवले ११ रन जोडे ।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । साथै शेफ जैबले २ विकेट लिँदा स्कट कुग्गलेलिन र अविनाश बोहोराको नाममा समान एकएक रह्यो ।

लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । यो खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार